जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकद्धारा सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

प्रदेश सरकारले आगामी जेठ ११ गतेबाट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको हो ।आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले जेठ ११ गते ११ बजे बैठक बस्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।

SHIKHAR COOL TECH

अघिल्लो अधिवेसन चैत २५ गते राति १२ बजेबाट लागु हुने गरी अन्त्य भएको थियो । दोस्रो कार्यकालको प्रदेश सभाको तीन वर्ष पुगे पनि यो प्रदेशमा हालसम्म कानुन निर्माणमा उल्लेखनीय प्रगति भएको छैन । प्रदेश सभाबाट संशोधन ऐनमात्रै बनेका छन् ।

यसैबिच, प्रदेश सभा बैठकमा विपक्षी दलले पनि अवरोध गर्दै आएका छन् । प्रदेश सरकारले फजुल खर्च कटौती गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने लगायतको माग राखेर अवरोध गर्दै आएका हुन । प्रतिपक्षीको अवरोधकै कारण अघिल्लो अधिवेशन सूचना टाँस गरेर अन्त्य गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार