मलामी जादैं थिए नकुल आफैं खसेर अ*स्ताए !

धनगढी । कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृ*त्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

Seti Hospital

भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

राना सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त हवलदार थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार