कैलालीमा बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपबाट जीउधनको सुरक्षाका लागि पूर्व तयारी हुदै

धनगढी : कैलालीमा स्थानीयस्तरमा विपद् पूर्व तयारी थालिएको छ । बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपबाट जीउधनको सुरक्षाका लागि पूर्व तयारी थालिएको हो । यो जिल्लाले प्रत्येक वर्ष बाढी, डुबानको समस्या झेल्दै आएको छ । बर्सेनि आउने प्राकृतिक विपदबाट जोगिनका लागि डुबान प्रभावित क्षेत्रका स्थानीय पूर्व तयारीमा जुटेका छन् ।

मोहना, पथरैया, कान्द्रा नदीको दोभानको काखैमा रहेको अतिसङ्कटासन्न टीकापुर नगरपालिका–७ मा बर्खा लाग्नु अगावै पूर्व तयारी थालिएको छ । सो वडाको बैदीमा एक करोड २१ लाख रुपियाँ लागतमा बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण गरिएको छ । समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजनामार्फत आश्रयस्थल निर्माण भएको हो । यो परियोजना परराष्ट्र मन्त्रालय जापान तथा वल्र्ड भिजन जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेसनल र सामाजिक विकासका लागि सचेत समाजको साझेदारीमा सञ्चालित छ ।

Seti Hospital

स्थानीय विष्णुराम जैशीले डेढ कट्ठा जग्गा दानमा दिएपछि आधुनिक बहुद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण भएको सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार उच्च धारासहितको सो आश्रयस्थलमा ५०(६० घरपरिवार बस्न सक्ने छन् ।

“विशेष गरेर बाढी विपद् वा अन्य कुनै महामारी, प्रकोपको बेला यो आश्रयस्थल भवन समुदायले प्रयोग गर्न सक्ने छन्”, ढुङ्गानाले भने , हालै निर्माण सम्पन्न भएको सो आश्रयस्थल भवन टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यसैगरी, स्थानीय दाताले दान गरेको जग्गा पनि वडा कार्यालयको नाममा नामसारी गरिएको छ ।

बैदीमै रहेको अर्को सुरक्षित भवनमा विपद् पूर्व सूचना दिने स्वचालित साइरन जडान गरिएको छ । प्राक्टिकल एक्सन र बिइइ ग्रुपको सहयोगमा करिब सात लाखको स्वचालित साइरन जडान गरिएको हो । बाढी विपद्, चट्याङ, हावाहुरी, आगलागी लगायतकोे प्रकोपको बेला साइरनले पूर्व सूचना दिने ढुङ्गानाले बताए। साइरनको आवाज दुई किलोमिटर टाढासम्म सुनिने जनाइएको छ ।

मोहना, पथरैया नदीको बाढीले बर्सेनि दुःख दिँदै आएको बैदीमामात्रै तीन वटा सुरक्षित आश्रयस्थल भवन बनिसकेको छ । यसअघि, प्रदेश सरकारले एउटा सुरक्षित आवास भवन निर्माण गरेको थियो । त्यहाँ अझै पनि सुरक्षित आवास भवन अपुग रहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ । यसैगरी, विपदबाट अन्नबाली सुरक्षित गर्न सकिने खाद्य सुरक्षा भण्डारको अति जरुरी रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार