पूर्व पश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया : कैलालीको मसुरियामा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । सोमबार घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि स्थानीय र उनका आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन ।

मसुरीयामा बिहान ९ः५० देखि नै राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा अहिले यात्रुहरू अलपत्र परेका छन् । लामो समय देखि बाटो अवरुद्ध हुँदा ठुलो जाम लागेको  सोही ठाउँमा रहेका बस चालक अमर विष्टले बताए । स्थानीयले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् ।

Seti Hospital

सोमवार बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कडायतको मृत्यु भएको थियो । प्रहरीले चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार