संसद् खालीजस्तै भएपछि राप्रपा सांसदले भने : सरकार जवाफदेही नभएपछि संसदको महत्त्व घट्यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले बोलेका कुरा लागू नभएपछि संसद्को महत्त्व घटेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ को प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा सांसदहरूको संख्या न्यून भएपछि शाहीले यस्तो बताएका हुन्।

Seti Hospital

सरकार संसद्प्रति जवाफदेही नभएको उल्लेख गर्दै उनले भने, ‘संसद करिब करिब शून्यजस्तै देखिन्छ। नहोस् पनि कसरी, यता बोलेको कुरा लागू नै नभएपछि यसको महत्त्व घट्दै गएको छ। सरकार संसद्प्रति जवाफदेही हुनुपर्नेमा जवाफदेही नभएपछि यसको महत्त्व घट्दै जानु स्वाभाविक हो।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार