धनगढी : कैलालीमा महेन्द्र राजमार्ग बन्द गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया बजार क्षेत्रमा राजमार्ग बन्द गरिएको हो।
घोडाघोडी नगरपालिका–२ मा हायस र मोटरसाइकल आपसमा ठोकिएर मोटरसाइकलका चालक ४५ वर्षीय नरबहादुर कडायतको मृत्यु भएपछि राजमार्ग बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले पीडित पक्षहरूले मङ्गलवार राजमार्ग अवरुद्ध गरेको बताएको छ। प्रहरीले पीडित पक्ष र हायस धनीको बिचमा छलफल जारी रहेको बताएको छ।
सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का कडायतको घोडाघोडी अस्पताल, सुखडमा मृत्यु भएको थियो। विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई हायसले ठक्कर दिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दनुहोस्