क्षेत्री तेस्रो राष्ट्रिय सँगीत अवार्ड २०८२ मा सम्मानित

धनगढी : श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा राष्ट्रभाव व्यक्त गरिएको गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्।

बैतडी घर भएका उदीयमान गायक क्षेत्रीले सँगीतको यात्रामा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका हुन्। उनले आफ्नो पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता पाएको बताए। ‘म एक सिक्दै गरेको, घुँडा टेक्दै अघि बढिरहेको कलाकार, तपाईंहरूको अमूल्य भोटले आज म यो सम्मानको हकदार बन्न सकेको छु,’ श्रीकान्तले सामाजिक सञ्जालमा लेखेका छन्। उनले अवार्डसँगै जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनहरूमा अझ समर्पण र लगनका साथ सँगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

Seti Hospital

उनले सम्पूर्ण मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेषगरी आफूलाई मार्ग देखाउँदै सहभागी गराउन प्रेरित गर्ने प्रति गहिरो सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार