पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी

 काठमाडौं : काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ ।

उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

Seti Hospital

खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन् ।

लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो । फेला पर्न नसकेपछि उनलाई आज बिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार