सुनको मूल्य तोलाममा दुई हजार घटयो, अब तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँ

काठमाडौं : सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्दै प्रति तोला एक लाख ८४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँले घटेको थियो।आइतबार सुन प्रति तोला एक लाख ९० हजार ५०० रुपैयाँ थियो।

चाँदीको भाउ भने मंगलबार बढेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रति तोला एक हजार ९७० रुपैयाँ भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला एक हजार ९६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहँदा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। मंगलबार सुनको भाउ प्रतिऔंस ३२५२.१५ डलर रहेको छ।चाँदी प्रतिऔंस ३३.०४ डलर छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार