मनोमञ्जन उद्यान निर्माणका लागि जुट्यो सहयोग र प्रतिबद्धता 

अत्तरिया : शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्नको लागि सहयोग गर्ने बिभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका छन । कैलालीको गोदावरी नगरपालिका– ७ लालपुर वैशाख २३ गते देखि सुरु भएको महायज्ञमा मनोमञ्जन उद्यान निर्माणका लागि स्थानीयले दान गरेका छन भने यस क्षेत्रका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सोमबार महायज्ञको समापन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले महायज्ञमा माग गरिएको योजना रातो किताबमा पार्ने प्रतिबद्धता जनाए । उनले महायज्ञ मार्फत बनाउन खोजेको योजना निर्माणका लागि रातो किताबमा योजना पार्ने प्रतिबद्धता जनाएका हुन ।

शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्ने योजना सहित वैशाख २३ गते देखि महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञको समापन समारोहमा राज्यमन्त्री बमले महायज्ञले अघि सारेको योजना पुरा गर्ने प्रतिबद्धता जनाएका हुन । जय गोदावरी अभियन्ता  एवम् योजनाका परिकल्पनाकार मध्येका एक विष्णु जोशीले उद्यान फूलहरूले सुसज्जित भएको आध्यात्मिक पार्क हुने बताए ।

Seti Hospital

उनले उद्यान पार्कको भूगोल क्षेत्रलाई सिँगार्ने, वरिपरि घेर बार गर्ने, यसको गेट बनाउने, भित्र गार्डेन बनाउने, मनोमञ्जन, भजन कीर्तनको भवन बनाउने जस्ता ठुलो काम गर्ने योजना बनाएको बताए । उक्त उद्यानका लागि महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने तत्काल २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए । उद्यान निर्माणका लागि महायज्ञमा स्थानीयबाट पनि सहयोग संलकलन भएपनि त्यसको आय व्यय विवरण भने मंगलबार (आज) सार्वजनिक गर्ने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार