मनोमञ्जन उद्यान निर्माणका लागि जुट्यो सहयोग र प्रतिबद्धता 

अत्तरिया : शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्नको लागि सहयोग गर्ने बिभिन्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका छन । कैलालीको गोदावरी नगरपालिका– ७ लालपुर वैशाख २३ गते देखि सुरु भएको महायज्ञमा मनोमञ्जन उद्यान निर्माणका लागि स्थानीयले दान गरेका छन भने यस क्षेत्रका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सोमबार महायज्ञको समापन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले महायज्ञमा माग गरिएको योजना रातो किताबमा पार्ने प्रतिबद्धता जनाए । उनले महायज्ञ मार्फत बनाउन खोजेको योजना निर्माणका लागि रातो किताबमा योजना पार्ने प्रतिबद्धता जनाएका हुन ।

शान्त, रमणीय स्थानमा निर्माण गरिएको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा मनोमञ्जन उद्यान निर्माण गर्ने योजना सहित वैशाख २३ गते देखि महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञको समापन समारोहमा राज्यमन्त्री बमले महायज्ञले अघि सारेको योजना पुरा गर्ने प्रतिबद्धता जनाएका हुन । जय गोदावरी अभियन्ता  एवम् योजनाका परिकल्पनाकार मध्येका एक विष्णु जोशीले उद्यान फूलहरूले सुसज्जित भएको आध्यात्मिक पार्क हुने बताए ।

SHIKHAR COOL TECH

उनले उद्यान पार्कको भूगोल क्षेत्रलाई सिँगार्ने, वरिपरि घेर बार गर्ने, यसको गेट बनाउने, भित्र गार्डेन बनाउने, मनोमञ्जन, भजन कीर्तनको भवन बनाउने जस्ता ठुलो काम गर्ने योजना बनाएको बताए । उक्त उद्यानका लागि महायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने तत्काल २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए । उद्यान निर्माणका लागि महायज्ञमा स्थानीयबाट पनि सहयोग संलकलन भएपनि त्यसको आय व्यय विवरण भने मंगलबार (आज) सार्वजनिक गर्ने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार