काठमाडौं : भारत पाकिस्तानबीचको युद्धविराम पछि दुई देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स डीजीएमओबीच वार्ता भएको छ।
हिजो साँझ भएको वार्तामा एक–अर्का देशविरुद्ध एक गोली पनि नचलाउने र कुनै पनि प्रकारको आक्रामकता सुरु नगर्नेबारे छलफल भएको छ।
यस्तै सीमा क्षेत्र र अग्रमोर्चाबाट तत्कालै सैनिकको संख्या घटाउनेबारे छलफल भएको छ। दुवै पक्षले यी विषयहरु महसुस गरी निर्णय गर्ने सहमति भएको सुत्रहरुलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
दुई देशबीच शनिबार युद्धविरामको सहमति भएको थियो। त्यसयता आक्रमणका घटना नभए पनि दुवै देशले एकअर्काविरुद्ध आरोपप्रत्यारोप जारी राखेका छन्।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दुर अन्त्य नभएको बताए। उनले आतंकवादविरुद्धको कारबाही अपरेशन सिन्दुर स्थगित मात्र भएको बताए। राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आगामी दिनमा पाकिस्तानका हरेक कदम निगरानी गरिने उल्लेख गरे।
साथै उनले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी समेत दिए। गत २२ मार्चमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा नेपालका सन्दीप न्यौपानेसहित २६ पर्यटकको हत्या भएपछि त्यसको १५ दिनमा भारतले आतंकवादविरुद्धको कारबाही भन्दै भारतमा सैन्य हमला गरेको थियो।
प्रतिक्रिया दनुहोस्