राजावादी आन्दोलनले सुधारियो ‘लिङ्देन–थापा’ सम्बन्ध

काठमाडौं : ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको शैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्ना कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ ०७८ साल माघ २५ गते कमल थापाले विज्ञप्ति जारी गर्दै भनेका थिए ।

पूर्व उपप्रधानमन्त्री समेत भइसकेका थापाले अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि लिएको निर्णय थियो त्यो ।

Seti Hospital

थापाले इंगित गरेको गलत प्रवृत्ति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन थिए, भने शैद्धान्तिक विचलन आफू निर्वाचन हार्नु थियो । लामो समय पार्टी राजनीतिमा हालीमुहाली गरेका थापाले चुनाव हारेपछि झण्डै परिणाम स्वीकार नगर्ने अवस्थामा पुगेका थिए । तर पार्टीभित्र नयाँपन खोजिँदा चर्चामा रहेका लिङ्देनले चुनाव जित्दा वर्षौँदेखि पार्टीलाई कब्जा जमाएका थापा पराजित हुन पुगे । त्यसो त आफूले निर्वाचन हारेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासप्रति कटाक्षमा उत्रिएका थिए ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । कङ्ग्र्याट्स जी शाह, थ्याङ्क्यू । मैले राहत र उन्मुक्ति पाएको छु,’ थापाले ट्वीट गर्दै भनेका थिए, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना ।’

हारेपछि पार्टीमा रडाको निकालेका थापा धुम्बाराहीस्थित पार्टी कार्यालयमा समेत नगइ नयाँ पार्टी राप्रपा नेपाल खोलेर आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

कुनै बेला पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्षमा देखिएका उनै थापा पछिल्ला दिनहरुमा भने राजतन्त्र र हिन्दुराज्यको पक्षमा खरो रुपमा उत्रिएका छन् । गत फागुन २५ पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा विमानस्थलमा स्वागत गर्न समेत पुगेका थिए । त्यसपछि राजावादी शक्तिहरुले निरन्तर आन्दोलनहरु गरिरहे । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत भइसकेका नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन परिचालन समिति गठन भयो । त्यसमा समेत उनको संलग्नता रह्यो । गत चैत १५ गते तीनकुनेमा सोही समितिले गरेको आन्दोलन उग्र बनेपछि त्यसको नैतिक दायित्व कसैले लिएनन् । दुर्गा प्रसाईका कारण आन्दोलन उग्र बन्न पुगेको भन्दै सबै पन्छिरहेको अवस्थामा त्यसपछि भने राजावादी शक्तिहरु भने एक बन्न लागिपरेका छन् तर आन्दोलन भने सुस्ताइरहेको छ ।

तीनकुनेको हिंसात्मक आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि झस्किएका राजावादीहरुले संयमता अपनाएर विभिन्न विरोधका कार्यक्रमहरु गरिरहेका छन् । साथै आगामी दिनहरुमा एकतावद्ध भएर छिट्टै पूर्वराजालाई नारायणहिटी फर्काउने सपना पालिरहेका राजावादीहरुले आगामी जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणै गरिसकेका छन् ।

आन्दोलनको घोषणाले राजावादी शक्तिहरुलाई एक बनाएको छ । साथसाथै एकअर्काबिच प्रतिष्पर्धापछि शत्रुजस्ता देखिएको लिङ्देन–थापाको सम्बन्ध समेत सुमधुर बनिरहेको छ । त्यसो त ०७८ को एकता महाधिवेशनपछि एकअर्काबिच कटाक्ष गरिरहेका दुवैबिच गत वैशाख १५ गते थापा नेतृत्वले गरेको आमसभामा लिङ्देन पुगेर ‘आइसब्रेक’ गरिसकेका थिए ।

राजतन्त्र पुनस्थापना र हिन्दूराज्य स्थापनाका लागि राप्रपा नेपालले गरेको आमसभामा पुगेर लिङ्देनले सबै खालका आग्रह पूर्वाग्रह त्यागेर एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए । त्यसयता धेरै पटक भेट भइसकेका लिङ्देन–थापा एकअर्काप्रति सहानुभूति प्रकट गरिरहेका देखिन्छन् ।

अरु त अरु अध्यक्षमा हारेपछि राप्रपा पार्टी कार्यालयमा टेक्दै नटेकी राप्रपा नेपाल खोलेका कमल थापा भेटघाटका लागि धुम्बाराही समेत पुगेका छन् । आइतबार धुम्बाराही पुगेका थापालाई लिङ्देनले स्वागत गर्दै उनीहरुबिच राजावादी आन्दोलनबारे लामो कुराकानी समेत भएको थियो ।

उक्त तस्बिर सेयर गर्दै अध्यक्ष लिङ्देनले ‘आजको तस्बिर’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार