भारत र पाकिस्तानको हात हालाहाल बढ्न पाएन, संयमका लागि धन्यवाद छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबिचको लडाइँ रोकिएको बताएका छन् ।

सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Seti Hospital

उनले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबिच युद्धको स्थिति सिर्जना भएपनि त्यो अघि बढ्न नपाएको बताए । उनले लडाइँ अगाडी नबढोस् भनेर कामना गरेको बताए । उनले भारत र पाकिस्तानले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको बताउँदै उनले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिए ।

उनले फेरि पनि दुवै देशबिच केही आरोप प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए । उनले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्त्व रहेको धारणा राखे ।

उनले भने ‘केही दिन अगाडी मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ । उहाँहरूसँग पनि कुरा गर्यौँ । नभन्दै, उहाँले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात्, बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिको लागि छ, पारिवारिक शान्तिको लागि छ, सबै कुराको लागि शान्तिको महत्त्व छ ।’

उनले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिर समेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार