धनगढी : कैलालीको धनगढीमा चार्जिङमा राखेको स्कुटरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ रातोपुलमा सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटमा एक्कासी आगलागी भएको हो।
स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाको हो। शुक्लाका अनुसार पसल अगाडि चार्जिङमा राखेको स्कुटरमा आगलागी हुँदा स्कुटर जलेर नष्ट भएको छ।
‘एक्कासी आगलागी भएर दुई मिनेटमै स्कुटर जलेर नष्ट भएको छ,’ उनले भने। शुक्लाले उक्त इभी स्कुटर तीन वर्षअघि दुई लाख २० हजारमा खरिद गरेका थिए। यो घटनाले इलेक्ट्रिक स्कुटरको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया दनुहोस्