दुलाह सम्पर्क विहीन बनेपछि दुलही प्रहरी चौकीमा

धनगढी : कैलालीमा विवाहको सबै बन्दोबस्त भइसकेपछि दुलाह सम्पर्कविहीन भएका छन् । दुलाह सम्पर्कविहीन भएपछि दुलही खोजीको माग गर्दै प्रहरी चौकी पुगेकी छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल ९नाम परिवर्तन० र संगिता बुढा(नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियो ।

उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए । २५ गते भारतको पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए । सो दिन दुवै जना धनगढीबाट छुटिएका थिए ।तर सोही दिनदेखि उनी सम्पर्कविहीन भएको भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी दिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार