कञ्चनपुरमा९ लाख ३९ हजारका सामान बरामद 

कञ्चनपुर : कञ्चनपुरबाट ९ लाख ३९ हजार मुल्यका अवैध सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त–४ बसपार्क, भीमदत्त–११ भुजेला, भीमदत्त–१२ मझगाँउ र बेलौरी–७ पौलाहबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य ९ लाख ३९ हजार ५४० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, कुरकुरे, पेय पदार्थ, युरिया मल, भुजा, टेन्डोकल कम्प्लेट बोन फरमुला, बोन टु के सफ्ट जेल, एम भिटा सिफ्ट क्याप्सुल, साइकलका सामान, भाँडावर्तन, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार