काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३७०० रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्यमा ३०० रुपैयाँले गिरावट आएको थियो, तर आजको गिरावट तुलनात्मक रूपमा धेरै रहेको छ ।
सुन मात्र होइन, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आइतबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार ९६० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दनुहोस्