धनगढी। नेपाली काँग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गरेका विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको पाइएको छ ।
उनलाई गभर्नर बन्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ नै बाधक बनेको हो ।राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार राजनीतिक दलको पदाधिकारी वा सदस्यता लिएको व्यक्ति गभर्नर बन्न अयोग्य हुनेछ ।
राजनैतिक दलको सदस्य वा पदाधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन ।, ऐनमा उल्लेख गरिएको छ । अर्थात कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्ति वा पदाधिकारी राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुनेछैन ।
काँग्रेसले प्रस्ताव गरेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । यदि पौडेल गभर्नर नियुक्त भए विवाद हुने निश्चित छ । अझ ऐनविपरीत निर्वाचनमा सहभागी भएको व्यक्तिलाई गभर्नर बनाएको भन्दै सो विषय अदालतमा पुग्ने पक्का देखिन्छ । अर्थात, कानून अनुसार पौडेल गभर्नर बन्न योग्य छैनन् ।
यता डा. गुणाकर भट्टको विषय विवादित बनेपछि काँग्रेस थप विवादमा अल्झिने मुडमा छैन । यही कारण पौडेलको विकल्पमा अर्को नयाँ पात्र प्रस्ताव गर्ने तयारी काँग्रेसले गरिरहेका काँग्रेसकै एक नेताले बताएका छन् । पहिला विवाद भएकाले अब फेरि विवादमा अल्झिदैनौं।, ती नेताले भने, विवादित हुन्छ भन्ने लागेको विषयलाई सुरुमै पाखा लगाउछौँ। अहिले पनि त्यही गर्दैछौं । पौडेलजीको विकल्पमा नयाँ मान्छे खोज्ने काम भइरहेको छ ।
प्रतिक्रिया दनुहोस्