कैलालीमा दाईभाई मिलेरै युवतीको बलत्कार

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेकाे आराेपमा सहाेदर दाजुभाइ पक्राउ परेका छन् ।

चुरे गाउँपालिका-४ काे हल्दीखर्ककी २५ वर्षीया युवतीमाथि बलात्कार गरेकाे आराेपमा साेही ठाउँ बस्ने ५८ वर्षीय दुर्गादत्त कडेल र उनका सहोदर भाइ गांगे भनिने ५३ वर्षीय गंगा कडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Seti Hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले शारीरिक रूपमा अस्वस्थ युवतीमाथि जबरजस्तीकरणी गरेेकाे अभियाेगमा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार किशोरीकाे गर्भ बढ्दै जान थालेपछि परीक्षण गर्दा गभर्वती रहेकाे खुलेकाे थियाे ।

युवतीले दुवै कडेल दाजुभाइले आफूमाथि पटक-पटक जबरजस्तीकरणी गरेकाे बताएकी थिइन् ।

सुरूमा गाउँमै घटना मिलाउने प्रयास भएकाे थियोे तर हल्लाखल्ला भएपछि भने घटना प्रहरीमा उजुरी परेकाे थियो

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार