अत्तरिया : कैलालीको गेटा अस्पतालले १३ जना चिकित्सक माग गरेको छ । अस्पतालले नेपाल सरकारको मन्त्रीपरिषद्को निणय अनुसार शुक्रवार एक सूचना जारी गर्दै करार सेवा अन्तरगत विशेषज्ञ र मेडिकल अधिकृत माग गरेको हो ।
जसअन्तर्गत जनरल फिजिसियन, बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टल सर्जन, अर्थोपेडीक सर्जन १÷१ जना र मेडिकल अधिकृत ६ जना माग गरिएको छ । आवेदन दिने म्याद जेठ ९ गते सम्म तोकिएको छ ।
सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत हाल गेटा अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दनुहोस्