डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना

डडेल्धुरा : डडेल्धुराको स्याउलेबजारमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ । सवारी चालक, सहचालक र यात्रुहरुका लागि ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको हो ।

उक्त रिफ्रेस सेन्टरको आइतबार सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै मन्त्री खड्काले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । अहिलेसम्म प्राप्त सेवा सुविधाका आधारमा प्रहरीले आफ्नो जिम्मेवारी निभाइरहेकाले आगामी दिनमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको उनको भनाइ थियो ।

Seti Hospital

विशेषगरी लागुऔषधको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय सरकारहरूलाई समेत जिम्मेवार बन्न आग्रह गरिन् । कार्यक्रममा उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई १ सय थान लागुऔषध चेकजाँच किट पनि हस्तान्तरण गरिन् । चालक तथा यात्रुहरूलाई यात्राका क्रममा विश्राम दिने उद्देश्यसहित सुदूरपश्चिमका ७ पहाडी जिल्लाको केन्द्र स्याउलेमा ‘रिफ्रेस सेन्टर’ निर्माण गरिएको बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार