५५ वर्षे समूहका दुई विधामा भेट्रान च्याम्पियन बने वाइवा

काठमाडौं : मनडिखाटार टेनिस क्लबका भेट्रान खेलाडी बिमल वाइवा यस वर्षको ‘COAS National Tennis Tournament -2025‘ मा ५५ वर्षे उमेर समूह अन्तर्गत सिंगल्स र डबल्स दुवै विधामा नेपाल च्याम्पियन बन्न सफल भएका छन् ।

सिंगल्स फाइनल खेलमा उनले मनोज शाहलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै उपाधि हात पारे । पहिलो सेट ४-६ ले गुमाएका वाइवाले दोस्रो सेटमा शानदार पुनरागमन गर्दै ६-० ले विजय हासिल गरे । निर्णायक टाई ब्रेकरमा उनले १०-६ को फराकिलो अन्तरले जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पारे ।

Seti Hospital

डबल्सतर्फ वाइवा र हिमाल शाहको जोडीले चन्द्र शाही र सुनिल गुरुङको अनुभवी जोडीलाई ३-६, ७-५ को सेट बराबरीपछि टाई ब्रेकरमा १०-८ ले पराजित गरे ।

यस सिजनमा वाइवा र शाहको जोडीले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । विशेषगरी बिमल वाइवा विगत केही वर्षदेखि ५५ वर्षे समूहमा लगातार प्रभाव जमाउँदै आएका छन् । उनको अनुशासन, शारीरिक तन्दुरुस्ती र खेलप्रतिको समर्पणले उनलाई नेपाली भेट्रान टेनिसको एक प्रेरणादायी व्यक्तित्व बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार