विद्युत लाइन सर्ट हुँदा लिखु तामाकोशीमा एक घर जलेर नष्ट

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा विद्युत् सर्ट भएर आगालागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार लिखु तामाकोशी–२ सैपुका चन्द्रबहादुर पौडेलको घरमा आगलागी भएको हो । आगलागी भएको घरमा पाँच जनाको परिवार बस्दै आएको थियो । आगालागी भएको केहीबेरमा नै आगो निभाइएको उनले बताए ।

Seti Hospital

घर जलेर नष्ट हुँदा कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार