धनगढी : धनगढीमा अनलाइन टिभी पत्रकार संघ, सुदूरपश्चिम प्रदेशको गठन भएको छ । संघको पहिलो अधिवेशन धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले संघको प्रदेश अध्यक्षमा भक्तराज जोशीलाई चयन गरेको छ । जोशी कल २४ न्युजका सञ्चालक तथा प्रधान सम्पादक हुन् ।
त्यस्तै, अधिवेशनबाट संघको प्रदेश कमिटी वरिष्ठ उपाध्यक्षमा अंकित उप्रेती, उपाध्यक्षमा खेमराज जोशी, महासचिवमा टिकाराम साउद, सचिवमा माधव पौडेल र कोषाध्यक्षमा सरिता चन्द चयन भएका छन् । समितिको सदस्यमा गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर चयन भएका छन् ।
यस्तै, संघको कञ्चनपुर संयोजकमा प्रकाश भट्ट र कैलाली संयोजकमा दीपक रावल चयन भएका छन् । अधिवेशनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले साइबर सुरक्षा सम्बन्धी जानकारीहरु दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्ति अध्यक्ष भक्तराज जोशीले पछिल्लो पुस्तामा देखिएको पत्रकारिताप्रतिको वितृष्णा चिर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने, साइबर सुरक्षाको सुनिश्चितता गर्ने र अनलाइन पत्रकारितामा विश्वसनीयता स्थापित गर्ने कार्यमा अडिक रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दनुहोस्