पाकिस्तानी प्रधानमन्त्री शहबाजले भने – भारतले पहिला हमला गर्‍यो, अन्तिम रगतको थोपा रहुञ्जेल लड्नेछौं

एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति भारतले पाकिस्तानमाथि पहिला हमला गरेको आरोप लगाएका छन ।

शहबाज शरीफले पाकिस्तानवासीलाई सम्बोधन गर्दै आफ्नो भाषणमा भने, “भारतले आक्रमण गरेर ठूलो गल्ती गरेको छ, यसको मूल्य उसले तिर्नु पर्नेछ।” उनले झन्डै १२ मिनेटसम्म सम्बोधन गरेका थिए ।

Seti Hospital

शरीफले भारत र पाकिस्तानबीचको तनाव कम गर्न कोशिस गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए। साथै, भारतविरुद्धको समर्थनका लागि साउदी अरब, टर्की र चीनलाई पनि आभार व्यक्त गरे।

प्रधानमन्त्री शरीफले भारतविरुद्ध कडा चेतावनी दिँदै भनेका छन् , पाकिस्तानले यो युद्ध अन्तिम निष्कर्षसम्म पुर्‍याएरै छाड्नेछ। उनले पाकिस्तान आर्मी प्रमुख असीम मुनीरसहित सम्पूर्ण सुरक्षाकर्मीलाई सलाम अर्पण गर्दै सेना र जनतामा देशको रक्षा गर्नसक्ने पूरा क्षमता रहेको बताए।

उनले भारतले पाकिस्तानलाई कमजोर ठानेको भन्दै त्यो सोच गलत भएको बताए। शहबाजले पाकिस्तान सधैं आतंकवादको विरुद्धमा अग्रपङ्तिमा रहेको र यस लडाइँमा ९० हजार नागरिक गुमाउनुका साथै १५२ अर्ब डलरको क्षति बेहोरेको उल्लेख गरे।

शरीफले पहलगाम घटनालाई बहाना बनाएर भारतले पाकिस्तानमाथि आक्रमण गर्नु पूर्ण रूपमा निराधार भएको दाबी गर्दै पाकिस्तानले घटनाको निष्पक्ष छानबिनको प्रस्ताव गरेको तर भारतले कानुनी प्रक्रिया उल्लंघन गरेको आरोप लगाए। उनले जम्मु–कश्मीरलाई आज पनि एक विवादित क्षेत्र भन्दै कश्मीरी जनतालाई अधिकार प्राप्त नभएसम्म समस्या समाधान नहुने स्पष्ट पारे।

शहबाजले भारतमाथि निहत्था नागरिकमाथि हमला गरेर आफूलाई शक्तिशाली देखाउने प्रयास गरेको आरोप पनि लगाए। तर पाकिस्तानले त्यसको जवाफ दिएको भन्दै आफ्नो सेनाको साहसको प्रशंसा गरे। उनले पाकिस्तानी वायु सेनाले आफ्नै सीमाभित्र रही भारतीय विमानहरू ध्वस्त पारेको दाबि गरेकाछन्।

अन्त्यमा, उनले फेरि एकपटक भारतमाथि कायरतापूर्ण हमला गरेको आरोप लगाउँदै भने ‘यस हमलामा २६ निर्दोष पाकिस्तानी नागरिक मारिएका छन्, जसमा महिला र बालबालिका पनि छन्। उनले यो हमला कहिल्यै नबिर्सिने घाउ भएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार