जिल्ला अदालत बझाङमा कार्यरत सुब्बामाथि कुटपिट, दुई जना पक्राउ

बझाङ : बझाङमा जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीमाथी कुटपिट भएको छ । अदालतमा कार्यरत सुब्बा दिनेशप्रसाद पण्डितमाथि दुई युवाले कुटपिट गरेका हुन ।

कुटपिट गर्नेमा जिल्लाको मष्टा गाउँपालिका– ४ भातेखोला निवासी करिब २०/२१ वर्षिय माईकल खड्का र सुर्मा गाउँपालिका निवासी अन्दाजी २० वर्षिय रुपेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Seti Hospital

यही वैशाख २४ गते राति करिब ९ः१० बजे जिल्ला अदालत नजिकै रहेको तरकारी पसलको छेउमा बसिरहेका पण्डितलाई उनिहरुले कुटपिट गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अदालतमा कार्यरत सुब्बा पण्डितको छोरासँग ति युवाहरुको सामान्य विवाद भएको थियो ।

सोही निहुँमा सुब्बामाथी आक्रमण भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पण्डितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार