काठमाडौँमा राजसंस्था पुनस्थापनाका लागि मोटरसाइकल र्‍याली

काठमाडौँ : राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेको छ । 

समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौँको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

Seti Hospital

यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।

सोही अनुरूप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।

आजको र्‍यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।

समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार