सुदूरपश्चिम सरकारद्धारा गोदावरीको सरस्वती मावि सहित ३२ नमुना विद्यालय छनोट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्लाका ३२ नमूना सामुदायिक विद्यालय छनोट गरेको छ । जसमा सरस्वती मावि गोदावरी पनि परेको छ । यसअघि संघ सरकारमा गोदावरीको दुर्गालक्ष्मी नमूना मावि परेकोमा प्रदेशमा सरस्वती मावि परेको हो ।सामाजिक विकास मन्त्रालयले प्रदेशका १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको छ । मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरिका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरूप २५ वैशाख ०८१ मा सामाजिक विकासमन्त्री मेघबहादुर खड्काकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनोट गरेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले हस्ताक्षर गरेको पत्रमा नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरुयोजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरुयोजना पेस गर्न निर्देशन दिएको छ ।

SHIKHAR COOL TECH

नमूनामा विद्यालयमा कैलालीमा सरस्वती मावि गोदावरी सहित महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टीकापुर ,जनजागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, शारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनोट भएका छन् ।

यस्तै कञ्चनपुरमा सरस्वती मावि पुनर्वास, महाकाली मावि बेलौरी, कृष्ण मावि गुलरिया, भुवनेश्वरी मावि सिसैया र लक्ष्मी मावि बागफाँटा १९ बागफाँटा र लक्ष्मी मावि दोधारा चाँदनी छनोट भएका छन् ।

बाजुरामा जनप्रकाश मावि र पशुपति मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बछैन मावि बडिकेदार, बैतडीमा वासुदेव मावि लिप्टिटा, वीरेन्द्र मावि साहिलेक, बझाङमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुङ, दार्चुलामा सम्पाल मावि व्यास, लटिनाथ मावि मार्मा, अछामा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाडौं, मासप मासवप बला, गुरुकुल मावि ढकारी, डडेल्धुरामा भागेश्वर मावि परशुराम, भुवनेश्वरी मावि गन्यापधुरा छनोट भएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार