एजेन्सी : गए राति पाकिस्तानले भारतका विभिन्न शहरमा ड्रोन आक्रमण गरे पनि त्यसलाई असफल पारिदिएको भारतले दावी गरेको छ । त्यसको बदलामा भारतीय नौसेनाले जवाफी कारबाही गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
लाइभ हिन्दुस्तानका अनुसार भारतीय नौसेनाले पाकिस्तानको कराची बन्दरगाह तथा त्यसको आसपासमा आक्रमण गरेका छन् । यो आक्रमणले पाकिस्तानको समुद्री सुरक्षा बललाई झड्का दिएको भारतीय दावी छ ।सन् १९७१ पछि भारतले पहिलोपटक कराचीमा आक्रमण गरेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दनुहोस्