काठमाडाैं : कारोबार साताको अन्तिम दिन नेपाली सुन बजारमा उल्लेखनीय गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १,९०,६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कम हो । बिहीबार सुन प्रतितोला १,९२,२०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज केही वृद्धि भएको छ । महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १,९६० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ५ रुपैयाँले बढी हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १,९५५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दनुहोस्