वैवाहिक करणी अभियोगमा फरार युवक कतारबाट पक्राउ

काठमाडौं : वैवाहिक जबरजस्ती करणी (मारिटल रेप) सम्बन्धी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भई फरार रहेका अभियुक्त समसुदिन अन्सारीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय समन्वयमा कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-0३१, बेलवाप्रसौनीका स्थायी बासिन्दा अन्सारीलाई दोहास्थित नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)को पहलमा कतार प्रहरीले पक्राउ गरेको हो । इन्टरपोल महासचिवालयमार्फत सन् २०२५ अप्रिल १ मा अन्सारीविरुद्ध रेड नोटिस जारी गरिएको थियो ।

Seti Hospital

अन्तर्राष्ट्रिय स्तरमा फरार अभियुक्तको खोजी तथा पक्राउ प्रक्रिया अन्तर्गत एनसीबी काठमाडौंको अनुरोधमा उक्त नोटिस जारी गरिएको थियो । पक्राउ परेका अन्सारीलाई बिहीबार नेपाल ल्याइएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत इन्टरपोल शाखाका अनुसार अन्सारीलाई अब सम्बन्धित मुद्दामा कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार