आईपीएल : पञ्जाब र मुम्बईबीचको खेल अहमदावादमा हुने

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किङ्स र मुम्बई इन्डियनबीच आइतबारका लागि तय गरिएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुई स्थानमा पुग्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रँदा यो खेल निर्णायक बन्ने देखिएको छ ।

गुजरात क्रिकेट संघले आइपीएल आयोजकद्वारा प्रस्तावित स्थान परिवर्तनको सिफारिस स्वीकृत गरेपछि खेल अहमदावादमा सरेको हो । यी दुई टोलीबीचको भिडन्तले प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्नेछ ।

Seti Hospital

आईपीएलको यस सिजनमा शीर्ष चार स्थानमा पुग्नका लागि पाँच टोलीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । शीर्ष स्थानमा १६ अङ्कसहित गुजरात टाइटन्स र रोयल च्यालेन्जर बंगलोर छन् भने पञ्जाब किङ्स १५, मुम्बई इन्डियन्स १४ र दिल्ली क्यापिटल्स १३ अङ्कसहित पछ्याइरहेका छन् । त्यसैगरी, कलकत्ता नाइट राइडर्स ११ र लखनउ सुपर जायन्ट्स १० अङ्कमा सीमित हुँदा उनीहरूको सम्भावना न्यून भइसकेको छ । राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

मुम्बई, कलकत्ता, राजस्थान र चेन्नईले १२ खेल खेलिसकेका छन् भने अन्य टोलीले ११ खेल मात्र खेलेका छन् । बाँकी खेलहरूमा विजय हासिल गर्न सकेमा कुनै पनि टोलीको प्लेअफ यात्रा सुनिश्चित हुन सक्नेछ ।

बिहीबार दिल्ली क्यापिटल्सविरुद्ध खेलिरहेको पञ्जाब किङ्सले १२२ रन एक विकेटको क्षतिमा बनाइसकेपछि खेल अवरुद्ध भएको थियो । खेल अवरोधको कारण युद्धजन्य परिस्थिति देखिएको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार