कैलालीमा भन्सार छली गरि ल्याइएका सामान बरामद

धनगढी : भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू कैलालीका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी इकाईबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, ऐश्वर्यनगर–३ विशालनगर र टीकापुर नगरपालिका–९ जिरोप्वाइन्टबाट करिब १ लाख ८४ हजार रुपैयाँ बराबरका सामानहरू नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानहरूमा धोती, लुङ्गी, सारी, प्लास्टिक झिल्ली, प्लास्टिक डोरी लगायतका सामग्रीहरू रहेका छन्। ती सामग्रीहरू बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सामग्रीहरू भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएको प्रारम्भिक अनुमान गरिएको छ। हाल प्रहरीले बरामद सामग्रीहरू आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सीमा क्षेत्रमा अनधिकृत कारोबार तथा भन्सार चोरी नियन्त्रण गर्न निरन्तर गस्ती तथा निगरानी कार्य जारी राखेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार