काठमाडौँ : भारत र पाकिस्तान जन्मजात दुस्मन हुन्। यी दुई देश एक आपसमा भिड्नु नयाँ होइन ।
यसअघि चारपटक युद्ध लडिसकेका छन्। तेस्रो युद्धमा त पाकिस्तानले पुर्वी पाकिस्तान गुमायो, त्यही युद्धका कारण बंगलादेश जन्मियो। चार युद्ध बाहेक भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा बेलाबेला द्वन्द्व चलिरहेकै हुन्छ।
तर, ९ वैशाखमा भारतको जुम्मु कस्मिरको पहलगाम २६ पर्यटक मारिएपछि भारत पाकिस्तानमाथि भडकिएको हो । आतंककारी समूह जैस ए मोहम्मद, लस्कर ए तोयबा र हिजबुल मुजाहिद्दिन लगायतले आक्रमण गरेको आरोप छ। तर पाकिस्तानले आतंकवादी समूहको संरक्षण गरेको भन्दै भारतले मंगलबार राति मिसाइल हमला गरेपछि दुबै देशबीचको द्वन्द्व चर्किएको हो। अब युद्धमा परिणत हुने चिन्ता पनि छ।
किनकी भारतले पाकिस्तान प्रशासित कस्मिर तथा पाकिस्तानकै पन्जाब प्रान्तका ९ स्थानमा मिसाइल हमला गरेपछि ३१ पाकिस्तानीको मृत्यु भएको थियो। भारतले आतंकवादी समूहमाथि आक्रमण गरेको भने पनि पाकिस्तानले भने आमनागरिकमाथि हमला भएको भन्दै बुधबार नै जवाफी हमला गरेको थियो। जसमा१५ भारतीय हताहत भएका थिए।
यसबीचमा सीमा क्षेत्रमा दुबै देशका सैनिकले ड्रोन हानाहान गरेपनि बिहीबार भने स्थिति थप भडकिएको छ। भारतले बिहीबार राति भारतमा आठ वटा मिसाइल आक्रमण गरेको छ। तर भारतको एयर डिफेन्सले भने मिसाइल रोकिदिएको छ।
यसरी भारत र पाकिस्तान भिड्दा नेपालसहित दक्षिण एसिया नै प्रभावित बनेको छ। भारतसँग खुला सीमा रहेको नेपालको टाउको दुखाइ बनेको छ, किनकी घुपैठको भयले।
परराष्ट्र मन्त्रालयले भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। ‘नेपाली नागरिकसहित निर्दोष पर्यटकहरूले अमूल्य जीवन गुमाउने गरी ९ वैशाखमा पर्यटकहरूमाथि भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपाल गहिरो चिन्ता जनाउँदछ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो दुःखद् समयमा नेपाल र भारत साझा शोक र पीडामा सँगै एकताबद्ध रूपमा उभिए। यो स्मरणीय छ कि नेपालले सबै प्रकारका आतंकवादविद्धको दृढ अडानअनुसार बर्बर आतंककारी हमलाको तुरुन्त र स्पष्ट रूपमा भर्त्सना गरेको थियो। आंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ।’
परराष्ट्रले आफ्ना छिमेकी मुलुकहरूविरुद्ध आफ्नो भूमि दुरुपयोग हुन नदिने सैद्धान्तिक अडानमा प्रतिबद्ध रहेकोसमेत दोहोर्याएको छ। नेपालले यो क्षेत्रमा स्थायी शान्ति र स्थिरताप्रति प्रतिबद्धता दोहोर्याउँदै दुई देशबिच तनाव कम हुने अपेक्षा गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।
नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छर। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुबैले सुरक्षा दस्ता थपेका छन्। एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले एसएसबीसँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको बताए । एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा नै पेट्रोलिङ थालिएको छ भने जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको छ।
बुधबार मात्र केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि सम्भावित सुरक्षा जोखिमबारे छलफल भएको थियो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार सम्भावित जोखिम पहिचान गरेर अघि बढ्ने विषयमा सो बैठकमा छलफल भएको छ ।
प्रतिक्रिया दनुहोस्