पाकिस्तानले भारतको जम्मूमा ८ क्षेप्यास्त्र हान्यो, आपतकालीन साइरन बजे, बत्ति नभाउन अपिल

एजेन्सी । बिहीबार राति पाकिस्तानले जम्मूमा क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । सरकारी टेलिभिजन च्यानल डीडी न्यूजले भारतीय रक्षा स्रोतहरूलाई उदृत गर्दै आक्रमण भएको जनाएको छ । ‘पाकिस्तानले ८ वटा मिसाइल प्रहार गरेको छ, जसको लक्ष्य सतवारी, साम्बा, आरएसपुरा र अरनिया क्षेत्रहरू थिए,’ समाचारमा भनिएको छ ।

यी सबै मिसाइलहरूलाई भारतीय हवाई रक्षा प्रणालीले सफलतापूर्वक रोकिदिएको र नष्ट गरिदिएको दाबी गरिएको छ । उता, जम्मु–कश्मीरको राजौरीमा रहेका बीबीसी संवाददाता दिव्या आर्यालका अनुसार त्यहाँ पूरै ब्ल्याकआउट (बत्ती पूर्ण रूपमा बन्द) गरिएको छ ।

Seti Hospital

पछिल्ला केही घण्टामा पाकिस्तानको गोला बारुद आक्रमणमा जति मानिसहरू घाइते भएका छन्, ती सबै यही क्षेत्रका बासिन्दा हुन् । पुँछ जिल्लामा पनि पूरै ब्ल्याकआउट गरिएको छ र त्यहाँ हवाई आक्रमणको साइरन बजिरहेको छ ।

भारतीय सेनाका अनुसार पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैनिक शिविरहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको छ, जुन सबै असफल बनाइएको छ। यी आक्रमणबाट कुनै क्षति नभएको दाबी गरिएको छ ।

राति ८ बजेर ४५ मिनेटतिर जम्मु शहरमा हवाई आक्रमणको खबर आउन थालेको थियो ।

राजौरीमा रहेका संवाददाता दिव्या आर्याले भनिन्, ‘आज बिहान हामी जम्मुमा थियौँ, जहाँका गाउँहरूमा मानिसहरू आफन्त र सामान लिएर सुरक्षित स्थानतर्फ गएका थिए । ती क्षेत्रमा र जम्मु शहरमा धेरै विस्फोटको आवाज सुनियो। स्थानीय बासिन्दाहरूले भनेका छन् कि साँझ पौने ९ बजेतिर एकैचोटि धेरै विस्फोट भए।’

उनी भन्छिन्, ‘त्यसपछि पूरै क्षेत्रमा बत्ती काटियो र केवल व्हाट्सएप कल सेवा मात्र चलिरहेको छ । स्थानीय बासिन्दाहरूले केही भिडियोहरू पठाएका छन्, जहाँ ब्ल्याकआउटको बीच आकाशमा साना साना बत्ति देखिन्छन्, जसलाई उनीहरूले ड्रोन हुन सक्ने अनुमान गरेका छन् ।’

दिव्या आर्याले जम्मुबाट डेढ घण्टा टाढा रहेको कठुआ क्षेत्रमा पनि ब्ल्याकआउट गरिएको बताइन् । त्यहाँ पनि कम्तिमा दुई विस्फोट भएको खबर छ ।

स्थानीयहरूले ड्रोन उडेको पुष्टि गरेका छन् । अहिले अवस्था निकै तनावपूर्ण छ र मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । जम्मु शहरका बासिन्दाहरू धेरै डराएको र चिन्तिति देखिएको छ, किनभने यो शहर अन्तर्राष्ट्रिय सीमाको नजिक छ र यति ठूलो स्तरको विस्फोट यसअघि देखिएको थिएन ।

त्यसैगरी जम्मु विमानस्थलमा पनि विस्फोटको खबर आएको छ । जम्मु शहरको गुज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले उनले विमानस्थल नजिक १६ वटा वस्तु झर्दै गरेको देखेको बताएका थिए ।

एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई भने अनुसार विमानस्थलमा विस्फोट भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागेको देखिएको छ, साइरन बज्न थालेको छ र पूरै शहरमा बत्ती गएको छ।

एक प्रत्यक्षदर्शीले ब्ल्याकआउट भएको र उनीहरूले साइरनको आवाज सुनिरहेका छन् ।

भारतीय सेनाका स्रोतहरूले जम्मुमा हवाई रक्षा प्रणाली सक्रिय गरिएको छ।

पूरै शहरमा हवाई साइरन बजिरहेको छ।

चण्डीगढ प्रशासनले हवाई आक्रमणको साइरन सक्रिय गरिएको छ र तत्काल ब्ल्याकआउट लागु गरिएको छ ।

यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ।

क्रिकइन्फो वेबसाइटका अनुसार पंजाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भइरहेको खेल रद्द गरिएको छ ।

राजौरीको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘सामान्य जनतासँग अनुरोध छ, आफ्ना क्षेत्रहरूमा ब्ल्याकआउट सुनिश्चित गर्नुहोस् । सबै बाहिरी बत्तिहरू निभाउनुहोस् र झ्यालहरू छोप्नुहोस्, ताकि कुनै बत्ति बाहिर नजाओस् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार