पाचौं भजहर कपको उपाधि गौरीगंगा ११ स्पोर्टस क्लबलाई

धनगढी : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ ।

लोहरपुर खेल मैदानमा भएको फाईनल खेलमा आयोजक श्री जनहित क्लब बी लाई हराउँदै गौरीगंगा च्याम्पीयन भएको हो । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको पाचौं संस्करणको फाईनलमा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो ।

Seti Hospital

विजेता भएसँगै गौरीगंगाले नगद एक लाख सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक श्री जनहित क्लब बी ले ५० हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । सुदुरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार गरेका थिए ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको थियो । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार