राजावादीले गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मको संरक्षणका लागि जनआन्दोलनको घोषणा गरिएको छ।

राजसंस्थाको पुनर्स्थापनाका लागि गठन गरिएको समिति संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।

‘आगामी जेठ १५ गतेदेखि शान्तिपूर्ण तरिकाले अनिश्चितकालीन जनआन्दोलन सुरु गर्नेछौं,’ सुवेदीले भने, ‘हाम्रो आन्दोलन सत्याग्रह र भद्र अवज्ञामा आधारित हुनेछ।’

उनले आन्दोलन कुनै राजनीतिक दल वा सरकारविरुद्ध नभई व्यवस्थागत परिवर्तनको पक्षमा केन्द्रित रहने स्पष्ट पारे।

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन वरिष्ठ नेता केशरबहादुर विष्टलगायत नेताहरूको उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार