दार्चुलामा प्रहरीद्वारा तीन सवारी चालक सम्मानित

दार्चुला : दार्चुलामा ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने तीज सवारी चालकलाई प्रहरीले सम्मानित गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जिप चालक तेजसिंह धामी, ट्याक्टर चालक नारायण राना र अटो चालक दिलीप विकलाई अबिर, खादा माला र प्रमाणपत्रसहित सम्मानित गरेको हो ।

Seti Hospital

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा गरिएको कार्यक्रममा इप्रका गोकुलेका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिंह ऐरीले ट्राफिक नियम पालना गरी सवारी दुर्घटना न्यूनीकरणमा सघाएको भन्दै सम्मानित गरिएको बताए ।

उनले दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले सम्मानित गरिएको बताउँदै आगामी दिनमा अरू चालकलाई पनि सम्मान गरिने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार