काठमाडौं : भारतको उत्तराखण्डमा एक निजी कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका बताइएको छ । गढवाल डिभिजनल कमिश्नर विनय शंकर पाण्डेले दुर्घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेको बताए ।
सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगिरहेका छन् । हेलिकप्टर गंगोत्री जाँदै थियो ।
प्रतिक्रिया दनुहोस्