सुनको मूल्यमा फेरि वृद्धि, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं : नेपाली बजारमा बिहीबार पुनः सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ ।

बुधबारको तुलनामा मूल्य वृद्धिसँगै छापावाल सुन आज तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ थियो ।

Seti Hospital

सुनको मूल्यमा निरन्तर उकालो लागिरहेका बेला चाँदीको मूल्य भने ओरालो लागेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा १० रुपैयाँ कम हो । बुधबार चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार