तीनकुने दुर्घटना : बसको ठक्करबाट एक युवतीको मृत्यु, तीन घाइते

काठमाडौं : काठमाडौंको तीनकुनेमा आज (बिहीबार) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले त्यही दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

Seti Hospital

मोटरसाइकलको पछाडि सवार २३ वर्षीया नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा निधन भएको छ। उनी नुवाकोटकी स्थायी बासिन्दा हुन् र हाल ललितपुर, धोबीघाटमा बसोबास गर्दै आएकी थिइन् ।

दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर , भ्यान चालक ३५ वर्षीय रत्न बहादुर सार्की र बसमा सवार २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ । बस चालक ५९ वर्षीय रामकुमार खड्का प्रहरीको नियन्त्रणमा छन् ।

दुर्घटनासँग सम्बन्धित सवारी साधनहरू बानेश्वर प्रहरी वृत्त र ट्राफिक महाशाखा रामशाहपथमा राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार