काठमाडौँ : इच्छाकामना गाउँपालिका- २ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत प्रजाको बिहान निधन भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन् ।
कसरी र कहिले कुकुरले टोकेको हो भन्ने विवरण यद्यपि सार्वजनिक गरिएको छैन, तर चिकित्सकहरूका अनुसार केही महिनाअघि कुकुरले टोकेपछि समयमै उपचार नहुँदा रेबिज संक्रमण भयावह बन्दै गएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र बिहीबार उनी अस्पताल भर्ना भएका थिए ।
रेबिज एक घातक भाइरल रोग हो, जुन प्रायः संक्रमित जनावर, विशेष गरी कुकुरको टोकाइबाट मानिसमा सर्छ । संक्रमण भएपछि सुरुवाती चरणमै खोप तथा औषधीय उपचार गरिएमा रोग नियन्त्रण गर्न सकिन्छ । तर समयमै उपचार नभए यो रोग प्रायः ज्यानै लिने खालको हुन्छ ।
प्रतिक्रिया दनुहोस्