बाजुरामा एक जना पुरुष मृत भेटिए

धनगढी : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित फालासैन साफे–मार्तडी सडकखण्डको नालामा ३८ वर्षीय नरेन्द्र थापा मृत अवस्थामा फेला परेका छन्।  थापा सोही स्थानका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार, थापाको शव सडकछेउको नालामा फेला परेपछि घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।

Seti Hospital

मृतकको शरीरमा देखिने चोटपटक वा अन्य शारीरिक अवस्थाबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार