भारत विरुद्ध बदला लिने तयारीमा पाकिस्तानी, प्रधानमन्त्रीले दिए सेनालाई अधिकार

एजेन्सी : भारतले गरेको सैन्य कारबाहीलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले ‘युद्ध’ को संज्ञा दिएर बदला लिने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको बैठकले भारतीय आक्रमणको जवाफ दिने अधिकार आफूसँग भएको निष्कर्ष निकाल्दै त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको छ।

‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा आवश्यक कारबाहीको अधिकार विधिवत् रुपमा दिइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भारतको भर्त्सना गर्दै सेनाको प्रशंसा गरिएको छ। र, सिंगो मुलुक यतिबेला दृढ संकल्पित रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार