भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी

काठमाडौं : पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू(३० र एक मिग(२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।

बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।

Seti Hospital

सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार