जिप दुर्घटना हुँदा २ जना घाइते

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५  चौडका रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार