चोरी र कृते मुद्दामा फरार दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट चोरी र कृते मुद्दामा फरार दुई जना पक्राउ परेका छन्।

चोरी मुद्दामा ५ दिन कैद सजाय र २  हजार ४४ रुपैँया जरिवाना तोकिएको बेलौरी नगरपालिका–१ उभियाफाँटा बस्ने ७१ वष्र्नीय केदार सिंह खड्का र कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैँया जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–५ इन्द्र टोल बस्ने ३२ वर्षीय टेकबहादुर सुनार पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार