धनगढी : कैलालीमा ७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेकाे मुद्दामा ६ महिना कैद सजाय सुनाइएका नाबालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ बस्ने १३ वर्षीय महेश (नाम परिवर्तन) रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई जिल्ला अदालतले जबर्जस्ती गरेकाे अभियाेगमा ६ महिना कैद सुनाएको थियाे ।
अब कैद भुक्तानका लागि सुधार गृह पठाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्