भर्ना गरिदिने भन्दै विद्यार्थीको पैसा ठगी गर्ने अनेरास्ववियुका नेता क्याम्पसबाट निकालिए

काठमाडौं : बुटवल बहुमुखी क्याम्पसले विद्यार्थीसँग पैसा उठाएर ठगी गर्ने एक विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।

बीए चौथोँ वर्षमा अध्ययनरत विद्यार्थी एवं एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता विवेक कुँवरले विद्यार्थीहरुसँग भर्ना गरिदिने, फारम भरिदिने भन्दै पैसा उठाउने तर काम नगर्ने गुनासो र उजुरीपछि निलम्बन गरिएको हो ।

Seti Hospital

क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको र क्याम्पस प्रवेशमा समेत रोक लगाइएको जानकारी गराएका छन् ।

‘यस क्याम्पस बीए चौथोँ वर्षमा अध्ययनरत रोल नं १२० का विद्यार्थी विवेक कुँवरले विभिन्न नयाँ तथा पुराना विद्यार्थीहरुसँग भर्ना गरिदिने, परीक्षा फारम भरिदिने भनी निजहरुको कागजात र लाग्ने शुल्क वापतको रकम बुझी भर्नाका साथै फारम भरिदिने काम नगरेको भन्ने उजुरी प्रमाणित हुन आएकाले निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाइएको कुरा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उनी क्याम्पसमा राजनीतिक पहुँचको आडमा विद्यार्थीहरुको पैसा ठगी गर्ने गरेको स्रोतले जनाएको छ ।

‘उहाँ अनेरास्ववियु निकट व्यक्ति रहेको खुल्न आएको छ,’ क्याम्पस स्रोतले भन्यो ।

गत निर्वाचनमा कुँवर अनेरास्ववियुका तर्फबाट स्ववियु सदस्यमा निर्वाचचित भएका थिए ।

यता क्याम्पस प्रमुख क्षत्रीले भने भर्ना गर्ने, फारम भर्ने जस्ता कामका लागि आफैँ उपस्थित हुन समेत आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार