ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बस्नेतको बिदाइ

अत्तरिया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजीव बहादुर बस्नेतको बिदाइ गरिएको छ ।

शनिवार एक कार्यक्रममा बिच  प्रहरी नायव उपरीक्षक टेक बहादुर जोरा लगायत कार्यालयमा कार्यरत ट्राफिक प्रहरीले बिदाइ गरेका हुन । उनको कर्णाली प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन महाशाखा, सुर्खेत सरुवा भएको छ । यद्यपि उनी काजमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाण्डौंमा रहने छन् ।

बस्नेतको ठाउँमा भने प्रहरी उपरीक्षक (एसपी) प्रेम बहादुर शाही आउने भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरमा कार्यरत एसपी शाही ट्राफिक प्रहरी कार्यालय अत्तरियाको कमान्ड समाल्न आउन लागेका हुन 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार